पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा महिला पक्राउ

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कट्टुन्जे बस्ने वर्र्ष ३३ की देवकी भुजु रहेकी छन् ।

उनले एक व्यक्तिबाट ३ लाख ५६ हजार ५ सय रुपैयाँ लिएर लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएको प्रहरीको आरोप छ ।

पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकुबाट पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार