ट्रायल पास गर्ने बित्तिकै नागरिक एपमार्फत लाइसेन्स  प्राप्त हुने

सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने भएको छ । नागरिक एपमार्फत लाइसेन्स उपलब्ध गराइने प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

त्यस्तै सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको र यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य हुने उनको विश्वास छ ।

बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा भोलिदेखि यो व्यवस्था सुरु हुने बताइएको छ । नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको समेत ओलीले जानकारी गराएका छन् ।

‘नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी गरिएको छ । कुनै पनि कामका लागि लाइन बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ । राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ,’ ओलीले भनेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार