एमालेको सचिवालय बैठक बस्दै

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक छलफल हुने बुझिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् । रवि पक्राउ परेपछि एमाले सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो । शुक्रबार रविलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेर कास्की लगेको छ । बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन् ।

यसअघि गत असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको थियो। सो बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार