सामसङको ग्यालेक्सी एस२४ एफई नेपाली बजारमा

सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ ।

यसमा एआईबाट परिष्कृत फोटोग्राफी, अत्याधुनिक विशेषताहरू तथा थप ग्यालेक्सी एआई सुविधा जस्ता ग्यालेक्सी एस२४ सिरिजको फ्ल्यागशिप नवचारहरूको अनुभव पाउन सकिनेछ ।

एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस२४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिन्छ ।

६‍.७ इन्चको डायनामिक एमोलेड २ह डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री र शक्तिशाली एक्सिनो २४००इ सिरिज चिपसेटको साथमा यो गेमिङका लागि एक उत्तम उपकरण बनेको छ ।

ग्यालेक्सी एस२४ एफईले प्रिमियम ग्यालेक्सी एआई र इकोसिस्टम कनेक्तिभिती प्रदान गरी सञ्चार, उत्पादकता र रचनात्मकता बढाउँछ जुन सबै एक प्रतिष्ठित डिजाइनमा र शक्तिशाली सामसङ नोक्सको सुरक्षाको साथ आउँछ ।

ग्यालेक्सी एस२४ एफई नीलो र ग्रेफाइट रंगहरूमा उपलब्ध हुनेछ । जसको मूल्य ९४,९९९ रुपैयाँबाट सुरु हुनेछ । साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाको साथमा यो नयाँ फोनलाई ०५ ब्याज दरमा ४,७५० रुपैयाँ महिनादेखि सुरु हुने गरी सजिलो ईएमआईमा प्राप्त गर्न सकिने छ ।

प्रक्रिया सुरु गरेको एक घण्टा भित्रमा आफ्नो नयाँ ग्यालेक्सी एस२४ एफई लिन सकिनेछ । ३ हजार रुपैयाँसम्मको विशेष बोनससहित आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि परिष्कृत ट्रेड–इन एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार