रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लामिछानेलाई अदालत उपस्थित गराइएको हो । शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका सोही दिन राति नै पोखरा ल्याइएको थियो ।

आज उनको थुनछेक बहसपछि अनुसन्धानका लागि म्याद थप गर्ने वा नगर्ने भन्ने आदेश हुनेछ । प्रहरीले कम्तिमा पनि पाँच दिन म्याद थपको माग गरेको एक अधिकारीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार