रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्नका लागि अनुमति माग गर्दा अदालतले ६ दिनको अनुमति दिएको हो ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीश नवराज दाहालको इजलासले ६ दिनको अनुमति प्रदान गरेको हो ।

पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो । शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो ।

शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो । उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार