प्रधानमन्त्री ओलीलाई भेट्न सभापति देउवा बालुवाटारमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार राती नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

बालुवाटारमा सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

देउवा केहीबेर अघि मात्र बालुवाटार पुगेको सचिवालयले बतायो। उनीहरूबीच समसामयिक विषयमा छलफल हुने बताइएको छ। एमाले सचिवालय बैठक स्रोतका अनुसार देउवासँग सरकारकै नियमित कामकार्बाहीबार छलफल हुने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार