राराको अवलोकनपछि जुम्लाको जनसभालाई सम्बोधन गर्दै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जुम्लामा हुने जनसभालाई सम्बोधन गर्दैछन् । उनले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्बोधन गर्नेछन् । त्यसअघि अध्यक्ष प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गरेका छन् ।

प्रचण्ड आजै काठमाडौँबाट नेपालगञ्ज हुँदै मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गर्ने र यहाँ आयोजित जनसभालाई सम्बोधन गरेर फर्कने कार्यक्रम रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार