७५ प्रतिशत एमाले मैले बनाएको हुँ, बुद्धि कमजोर भएर बाहिर बसेँ: बामदेव गौतम (भिडियो)

राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नु परेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा गौतमले एमालेका लागि आफूले धेरै योगदान दिएपनि आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताएका हुन् ।

साथै उनले नेकपा (एमाले) को ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका छन् । ‘नेकपा (एमाले) आज पनि मैले निर्माण गरेको ७५ प्रतिशत छ । ७५ प्रतिशत ठाउँमा मैले पार्टी निर्माण गरेको हो । मेरै बुद्धि अलि कमजोर भयो त्यसो भएर बाहिर बसियो,’ उनले भने ।

अर्को प्रसंगमा उनले विगतमा चितवनस्थित नारायणघाटमा पहिरो गएपछि दुई महिनासम्म काठमाडौं जोड्ने स्थलमार्ग बन्द गर्न आफूले आग्रह गरेको भए पनि सरकारले नसुनेका कारण पछिल्लो विपद्‌मा क्षति भोग्नुपरेको बताए ।

‘मैले अध्ययन गरेर भनेको छु । मैले त्यसबेला फेरि अर्को जाँदै छ भनेर भनेको मैले अध्ययन गरेँ बारम्बार । मैले नेपालको भौगर्भिक अवस्थाको सम्बन्धमा चुनौती दिन्छु, मैले अध्ययन गरेको छु । संसारको सबभन्दा कान्छो जमिन, कान्छो पहाड यो भन्दा कान्छो कुनै प्राकृतिक संरचना छैन । थोरै मात्रै भूकम्प गयो भने प्रलय हुन्छ,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार