छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो

सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई बुटवल लगिएको छ ।

कास्की प्रहरी हिरासतमा रहेका छविलाललाई आज बिहान जहाजमार्फत बुटवल लगिएको हो । बुटवलको सुप्रिम सहकारी ठगीबारे पनि अनुसन्धान गर्नुपर्ने भएकाले जोशीलाई रुपन्देही पठाइएको कास्कीका प्रहरी प्रवक्ता वसन्त शर्माले जानकारी दिए ।

रुपन्देही प्रहरीको आग्रहमा जोशीलाई रुपन्देही पठाइएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार