चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत भेटियो

नवलपरासी पूर्व नवलपुरमा झण्डै चार वर्षको पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–१२ मा एउटा पोथी गैँडा मृत फेला परेको निकुञ्ज प्रशासनले जनाएको छ ।

स्थानीय अरुण खोला दोभानमा सोमबार झण्डै चार वर्षको पोथी गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

जंगल क्षेत्रमा अर्को गैँडासँग जुध्दा उक्त गैँडा मरेको अनुमान गरिएको छ । मृत गैँडाको शरीरमा चोटपटक देखिएको छ। गैँडाको खाग र खुर भने सुरक्षित रहेको मगले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार