ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुस गए मोदी

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुस प्रस्थान गरेका छन् ।

यो जानकारी मंगलबार बिहान भारतीय प्रधानमन्त्री मोदी स्वयंमले सामाजिक सञ्जालमार्फत दिएका हुन् । आफ्नो पोस्टमा उनले भारतका लागि ब्रिक्सको महत्त्व उल्लेख गर्दै यस शिखर सम्मेलनमा धेरै फराकिला विषयमा छलफल गरिने बताएका छन् ।

उनले यो शिखर सम्मेलनमा धेरै नेतासँग भेटघाट पनि गर्ने जानकारी दिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले यसअघि ८ र ९ जुलाईमा रुस भ्रमण गरेका थिए । अर्थात् यो वर्ष प्रधानमन्त्री मोदी दोस्रोपटक रुस भ्रमणमा गएका हुन् ।

ब्रिक्स विकासशील अर्थतन्त्र भएका देशहरूको समूह हो । ब्रिक्समा भारतसहित ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिका सहभागी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार