गौशाला धर्मशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन

 सरकारले पशुपति गौशाला धर्मशालाको यथार्थता अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि ६ सदस्यीय समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो ।

पर्यटन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेद्वारा जारी विज्ञप्तिमा गठन गरिएको समितिका सदस्यहरूमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कानून मन्त्रालय, पुरातत्व विभाग, र संस्कृति शाखाका उपसचिवहरू रहेका छन् । समितिलाई गौशाला धर्मशालाको अवस्थाबारे गहन अध्ययन गरेर आवश्यक सुझावसहित एक महिना भित्र प्रतिवेदन पेश गर्ने समय तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार