नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ४ अर्ब बढीको कारोबार

लगातार दुई दिनदेखि घटेको नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ । आज सूचक २५.८८ विन्दुले बढेर २६६५.८१ अंकमा आइपुगेको छ ।

आज १९९ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी ४० कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ । सेयर मूल्य स्थिर हुनेमा बलेफी हाइड्रोपावर, सिटिजन्स बैंक इन्टरनेसनल, इङवा हाइड्रोपावर र माछापुच्छ्रे बैंक छन् ।

यस दिन रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ८.८६ प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.७५ प्रतिशतले घटेको छ ।

गुडविल फाइनान्सको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, बढी सेयर खरिद–बिक्री हुनेमा कुमारी बैंकको १३ करोड ८० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक सर्वाधिक वृद्धि हुनेमा फाइनान्स समूह छ । यस समूहको परिसूचक ३.०३ प्रतिशतले वृद्धि भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार