सात वटा वित्तीय संस्थालाई राष्ट्र बैंकले गर्यो कारबाही, कुन-कुन परे ?

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२को पहिलो त्रैमासमा सात वटा विकास बैंक र फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकका अनुसार नियामकिय निर्देशन उल्लङ्घन गरेको भन्दै तीन विकास बैंक र चारवटा फाइनान्स कम्पनी कारबाहीमा परेका हुन् । राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेकाले नगददेखि विभिन्न कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

कारबाहीमा पर्नेमा सिन्धु विकास बैंक, मितेरी विकास बैंक र सालपा विकास बैंक रहेका छन् भने फाइनान्स कम्पनीहरुमा गोर्खाज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स र रिलायन्स फाइनान्स रहेका छन् ।

रिलायन्स फाइनान्सलाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै ११ हजार २२७ रुपैयाँ जरिवाना भर्न लगाइएको छ भने अरु तीन विकास बैंक र तीन फाइनान्सलाई सचेत गराइएको छ ।

मितेरी ४ दशमलब ६० प्रतिशत ब्याजदर अन्तर कायम गरेकोले तथा सिन्धु र साल्पाले वित्तिय विवरण बुझाउन ढिलाई गरेकोमा कारबाहीमा परेका हुन् । त्यस्तै प्रोग्रेसिभ, जानकीले वित्तिय विवरण बुझाउन ढिला गरेकाले र गुर्खाज फाइनान्सले स्वार्थ बांझिने गरि ग्राहकसंग कारोबार गरेकाले कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार