भवन निर्माणको दानविरुद्ध बोल्ने तीन नेतालाई सात दिनभित्र प्रष्टिकरण पेश गर्न एमालेको पत्र

नेकपा एमालेले ‘दानमा’ पार्टी कार्यालय स्वीकार्ने निर्णयविपरीत बोल्ने तीन नेतालाई प्रष्टिकरण पत्र पठाएको छ ।

मंगलबार महासचिव शंकर पोखरेलले सल्लाहकार भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई सात दिनभित्र प्रष्टिकरण पेश गर्न पत्र पठाएका हुन् । ‘…विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्नु नपर्ने हो रु सोको आधार र कारण सहित सात ९७० दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ’, स्पष्टीकरण पत्रमा भनिएको छ ।

आइतबार बसेको सचिवालय बैठकले व्यवसायी मिनबहादुर गुरुङको दानमा कीर्तिपुरमा करिब ११ रोपनी जग्गासहित अत्याधुनिक भवन बनाइदिने निर्णयमा फरकमत राख्ने नेताहरुलाई प्रष्टिकरण सोध्ने निर्णय गरेको हो ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र एमाले अध्यक्ष ओलीले असोज २५ गते पार्टी कार्यालयको शिलन्यास गरेका थिए । शिलन्यासपछि तीन नेताले सार्वजनिक रुपमा व्यवसायीबाट दान लिने कुरा उचित नभएको अभिव्यक्ति दिएका थिए ।

एमाले विधानको धारा ८१ मा पार्टी निर्णय पालना नगर्ने नेताहरुलाई लिलम्बन गर्ने, जिम्मेवारीबाट हटाउने अथवा निष्कासनसम्मको कारबाही गर्न सकिने व्यवस्था छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार