भिस्टाराको जहाजमा भेटिएन बम, दिल्ली उड्दै

काठमाडौं । बम राखिएको हल्लापछि करिब तीन घण्टा रोकिएको भिस्टारा एयरवेजको जहाज खरामुक्त रहेको प्रमाणित भएको छ । जहाजमा शंकास्पद् बस्तु नभेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ।

भारतको एउटा ह्वाट्स एप नम्बरबाट भिस्टाराको भिस्तारा एयरलायन्सको भिटिआई १५५ कलसाइन भएको एयरबसमा बम राखिएको कल आएपछि सुरक्षा निकायले जहाजमा सर्च गरेका थिए । बमको सूचना आएपछि नेपाली सेनाको टोलीले जहाजमा सवार यात्रु, यात्रुका लगेज र जहाजको समेत परीक्षण गरेको थियो। सुरक्षाकर्मीले कुकुरसहितको टोली परिचालन गरेर सर्च अपरेशन गरेको थियो। चेकजाँचमा केही नभेटिएपछि यात्रुहरूलाई पनि लगेज दिएर पठाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै रोकिएको भिस्टाराको जहाज अब भारत नयाँदिल्लीका लागि उडान गर्ने क्रममा छ । उक्त जहाज मंगलबार दिउँसो ४: ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । भिस्टाराको यो जहाज आज अपराह्न दिल्लीबाट काठमाडौं आउँदा १ सय ५७ यात्रु थिए र अहिले फर्किंदा १ सय ५२ यात्रु छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार