हिमालयन बैंकको नाफा घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । आम्दानी घटेपछि हिमालयन बैंकको खुद नाफामा असर परेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७२ करोड ६४ लाख रुपैयाँ छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३१ प्रतिशत घटेको हो । पहिले बैंकको नाफा १ अर्ब ५ करोड थियो ।

खुद ब्याज आम्दानी, फी तथा कमिसन आम्दानी घट्दा नाफामा असर परेको देखिन्छ । चालु आवको तीन महिनामा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४५ करोड छ, जबकि पहिले ३ अर्ब १७ करोड थियो । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४८ करोड ऋणात्मक छ ।

बैंकको निष्क्रिय कर्जा पनि बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म यस्तो कर्जा कुल कर्जामा ४.६७ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ४.९८ प्रतिशत पुगेको छ । आधार दर १०.८६ बाट घटेर ८.३५ प्रतिशतमा झरेको छ ।

त्यस्तै सीडी रेसियो ८४ बाट ७४ प्रतिशतमा झरेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४२ पैसा छ । प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ६८ पैसा छ । प्रतिसेयर नेटवर्थ ९ रुपैयाँ बढेको हो । मंगलबार बजार बन्द हुँदा प्रतिसेयर मूल्य २७३ रुपैयाँ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार