लक्ष्मी सनराइजको नाफा ४२० प्रतिशत बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म लक्ष्मी सनराइज बैंकले ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिमा ४२०.५३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा १० करोड ३० लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६७ करोड २७ लाख ३५ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.७५ प्रतिशत थोरै हो ।

बैंकको संचालन नाफामा ४२५.२३ प्रतिशतले बढेर ७५ करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४९ ९ करोड ५० लाख रुपैयाँ रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

३ खर्ब ३४ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २५ पैसा रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ९५ पैसा छ । बैंकको खराब कर्जा बढेर ५.४४ प्रतिशत पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार