विकास बैंकहरुको नाफा १ अर्ब ४२ करोड, कुनले कति कमाए ?

राष्ट्रियस्तरका विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा २९.०७ प्रतिशतले बढाएका छन् । यो आर्थिक वर्ष असोज मसान्तसम्म राष्ट्रियस्तरका विकास बैंकले १ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएका छन् । गत वर्ष सोही अवधिमा राष्ट्रियस्तरका विकास बैंकको नाफा १ अर्ब १० करोड रुपैयाँ थियो । केन्द्रिय बैंकले लिएको लचिलो नीति र रिकभरीमा सुधार हुँदा बैंकहरुको नाफामा सुधार देखिएको हो ।

८ मध्ये ७ बैंकले नाफा बढाएका छन्। ज्योति विकास बैंकको नाफा सबैभन्दा धेरै १९७.६० प्रतिशतले वृद्धि भएको छ। धेरै नाफा गर्नेमा मुक्तिनाथ विकास बैंक छ। मुक्तिनाथले २८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ। महालक्ष्मी विकास बैंकको नाफा भने १.१४ प्रतिशतले खुम्चिएको छ। यो बैंकले तीन महिनामा ९ करोड ४२ लाख रपैयाँ नाफा कमाएको छ।

विकास बैंक२०८१/०८२ को पहिलो त्रैमासको
नाफा रुपैयाँमा
२०८०/०८१ को पहिलो त्रैमासको
नाफा रुपैयाँमा
फरक प्रतिशत
लुम्बिनी२०,१९,८५,९७९१७,३२,८०,९२६१६.५७
कामना सेवा१७,४९,७९,२९६११,९५,२१,८८०४६.४०
गरिमा२२,५७,४३,९८१२०,१५,५४,७९३१२.००
ज्योति१५,११,९०,३१०५,०८,०२,८१२१९७.६०
महालक्ष्मी९,४२,८९,०७८९,५३,७८,६०९-१.१४
मुक्तिनाथ२८,१८,१९,०००२२,८८,०७,०००२३.१७
सांग्रिला६,०१,७९,३२३४,६५,९१,१७४२९.१६
साइन रेसुङ्गा२३,९३,६३,८६३१९,१६,५४,४६१२४.८९
जम्मा१,४२,९५,५०,८३०१,१०,७५,९१,६५५२९.०७

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार