कान्ति लोकपथमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु

हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथ अन्तर्गत ललितपुरको बगुवामा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

भट्टेडाँडा प्रहरी चौकीले दिएको जानकारी अनुसार दक्षिण ललितपुरको बगुवा नजिकै मासखोलास्थित कान्तिलोकपथमा ग २ च ९६६८ नम्बरको कुखुरा बोकेर हेटौँडाबाट काठमाडौंतर्फ आउँदै गरेको बोलेरो गाडी बुधबार बिहान दुर्घटनामा परेको हो ।

चालक चितवन १६ भरतपुरका अन्दाजी २७/२८ वर्षीय भरत लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् । सहचालकको परिचय खुल्न सकेको छैन । गम्भीर घाइते भएका उनलाई उद्धारगरि उपचारका लागि पाटन अस्पताल लगिएको छ । गाडी सडकबाट खसेर भीरमा ५ सय मिटर तल पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार