प्रस्तावित न्यायाधीशविरुद्धको उजुरी १२ गते खोलिने

संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूविरुद्धको उजुरी कार्तिक १२ गते खोल्ने भएको छ ।

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौला र नित्यानन्द पाण्डेविरुद्ध सुनुवाइ समितिले असोज १५ गते उजुरी आह्वान गरेको थियो । तोकिएको समय (असोज २९ सम्म) मा प्रस्तावित दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेको छ ।

आगामी कार्तिक १२ गते समितिको बैठक बसेर न्यायाधीशहरुविरुद्धको उजुरी खोलेर सदस्यहरूलाई वितरण गरिने समितिका सहसचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन् ।

समितिले १३ गते बेल्जियमका लागि प्रस्तावित रादूत सेवा लम्सालको सुरुवाइ गर्दैछ। समिति सचिवालयका अनुसार त्यसपछि मात्रै न्यायाधीशहरुको सुनुवाइ अघि बढ्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार