हुन्डाई विश्वकै ३०औं मूल्यवान् मोटर कम्पनी

हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर पुगेको छ । यस कोरियाली कार उत्पादन कम्पनी सन् २०२४ मा इन्टरब्रान्डले बेस्ट ग्लोबल ब्रान्डमा विश्वको मूल्यवान् कम्पनीको सूचीमा ३०औं स्थानमा परेको हो । हुन्डाई मोटर पाँच वर्षअघि ३६औं स्थानमा थियो ।

यस अवधिमा यसको ब्रान्ड भ्यालु ६३ प्रतिशतले वृद्धि भएको इन्टरब्रान्ड ग्लोबल ब्रान्डले जनाएको छ । इन्टरब्रान्ड ग्लोबल ब्रान्डले मुख्य बहुराष्ट्रिय कम्पनीहरूको मूल्यांकन गर्दै आएको छ । यसअघि कम्पनीले अल्र्ड कार अवार्ड २०२४ मा वल्र्ड पर्फमेन्स कारको उपाधि पनि पाएको थियो ।

हुन्डाईको सीकेडी एसेम्बल प्लान्ट नेपालमा पनि सञ्चालनमा आइसकेको छ । नेपालका लागि हुन्डाई मोटरको बिक्रेता लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले उक्त एसेम्ब प्लान्ट यसै वर्षको वैशाखदेखि सञ्चालनमा ल्याएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार