ओली सरकारको हनिमुन पिरियडमा भएका उपलब्धिहरु यी हुन् (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको १०० दिन ‘हनिमुन पिरियड’ भित्रका उपलब्धि सार्वजनिक गरेका छन् ।

पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा रहेको र तीमध्ये १८५ वटा कामहरू सम्पन्न भएको प्रधानमन्त्रीको भनाइ छ ।

सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको ओलीको भनाइ छ । प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्ने उनको दाबी छ ।

सहकारी ठगीमा संलग्नमाथि कारबाहीको सुरुवातदेखि नेशनल डे कन्सर्टसम्म आफ्नो सरकारको उपलब्धि भएको उनले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रीहरू, सचिवहरू र अन्य सरकारी पदाधिकारी तथा कर्मचारीमाझ उनले सार्वजनिक गरेको विवरणको पूर्ण पाठ यसप्रकार छ-

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार