सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार दिउँसो ७८ हजार नगदसहित नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग घुस लिएको आरोपमा हेटौंडाबाट खटिएको अख्तियारको टोलीले साहलाई कलैयाबाट नियन्त्रणमा लिएको हो ।

कलैया उपमहानगरपालिका-४ मा सेवाग्राहीसँग रकम लिइरहेको अवस्थामा साहलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले बताए । साहले बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम लिएको गौतमको भनाइ छ ।

सेवाग्राहीले दिएको सूचनाको आधारमा अख्तियारको टोली कलैया पुगेको थियो । रकम लिइरहेको अवस्थामा पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि हेटौंडा लैजाने तयारी भइरहेको सूचना अधिकारी गौतमले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार