रविको म्याद थपपछि झनै आक्रोशित बने कार्यकर्ता, दुई सेल अश्रुग्यास प्रहार (भिडियो)

पार्टी सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरू थप आक्रोशित बनेका छन् ।

वाई चोकमा प्रदर्शन गरिरहेका उनीहरू जिल्ला अदालत कास्कीको निर्णयपछि निषेधित क्षेत्र तोडेर राष्ट्र बैंक चोकमा नाराबाजीमा उत्रिएका हुन् । त्यस क्रममा प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि थप सात दिनको समय दिएको छ ।

प्रदर्शनमा सहभागी रास्वपा कार्यकर्ताहरूले भ्रष्ट सरकार होसियार, न्याय मार्न पाइँदैन, हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार