स्याउभित्र चरेश लुकाएर कैदी भेट्न पुगेका युवक पक्राउ

कञ्चनपुरमा कैदीलाई भेट्न गएका एक युवक चरेशसहित पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–८ का २२ वर्षीय तेजेन्द्र महरालाई ३ ग्राम ४० मिलिग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

भीमदत्त नगरपालिका–१८ स्थित कारागार सुरक्षा गार्ड कञ्चनपुरमा थुनुवा गएका बेला स्याउको दानाभित्र लुकाइ ल्याएको अवस्थामा चरेश भेटिएको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार