कञ्चनपुरमा आफ्नै ओछ्यानमा बीभत्स अवस्थामा भेटियो पति-पत्नीको शव

कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् । लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला शुक्रबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले उनीहरू दुवै जना शुक्रबार बिहान आफ्नै घरको ओछ्यानमा रक्ताम्य अवस्थामा मृत भेटिएको जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानले धारिलो हतियार प्रयोग गरेर उनीहरुको हत्या भएको हुन सक्ने देखिएको डीएसपी जोशीले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट डीएसपी जोशीको नेतृत्वमा प्रहरी टोली अहिले घटनास्थलतर्फ लागेको छ । स्थानीय प्रहरी र शसस्त्र प्रहरी टोली अहिले घटनास्थलमै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार