सेभेन समिट सकेर फर्किएका पुर्जालाई काठमाडौंमा स्वागत (भिडियो)

सातै महादेशका अग्ला हिमालको चुचुरोमा दुईपटक चढेर कीर्तिमान कायम गरेका हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको सफल आरोहण गरेर शुक्रबार नेपाल फर्किएका निर्मल पुर्जालाई विभिन्न संघ संस्था लगयत शुभेच्छुकले काठमाडौंमा भव्य स्वागत गरेका हुन् ।

पुर्जालाई त्रिभुवन बिमानस्थलबाट स्वागत र्याली सहित काठमाडौंको बौद्धमा पुर्याइएको थियो । बौद्धमा सञ्चारकर्मीसँग कुरा गर्दै हिमाल आरोही निर्मल पुर्जाले देशको नाम विश्वमा फैलाउन पाउँदा खुसी लागेको बताए । उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा दुई पटक आरोहण गरेको र सातै महादेशका अग्ला हिमालको चुचुरोमा पनि पुग्ने आफु विश्वको पहिलो व्यक्ति हुन पाउदा गौरव महशुस भएको बतए ।

उनले रेकर्डका लागि भन्दा पनि देशको नाम उचो बनाउनका लागि हिमाल आरोहण गरेको जिकिर गरे । पुर्जाले वर्षभर नै आफु विभिन्न हिमालको आरोहणमा व्यस्त रहने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार