लोसपा छाडेका राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन

राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् । शुक्रबार निर्वाचन आयोगमा राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।

पार्टीको अध्यक्षमा महतो रहेका छन् । १७३ सदस्यीय केन्द्रीय समिति रहने गरी निवदेन दिइएको नेता केशव झाले जानकारी दिए । झाका अनुसार चुनाव चिह्न माछा माग गरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी छाडेर महतोले राष्ट्रिय मुक्ति क्रान्ति, नेपालको घोषणा गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार