नसरल्लाहको मृत्यु हिजबुल्लाहका लागि ‘एक युगको अन्त्य’

एक महिनाअघि हिजबुल्लाहका शक्तिशाली नेता हसन नसरल्लाहको हत्याले इरान समर्थित लेबनानी आन्दोलनका लागि मौलिक परिवर्तनलाई चिह्नित गरेको छ ।

“नसरल्लाहको मृत्युले हिजबुल्लाहको एक युगको अन्त्य गरेको छ”, अमेरिकास्थित थिङ्क ट्याङ्क सेन्च्युरी फाउन्डेसनका विश्लेषक साम हेलरले भने । दशकौँ सत्तामा रहेपछि, नसरल्लाहको मृत्युले “संगठनका लागि आवश्यक रूपमा परिवर्तनलाई चिह्नित गर्नेछ”, उनले बताए ।

नसरल्लाहको प्रभाव लेबनानमा शिया मुस्लिम समर्थन आधारभन्दा धेरै टाढासम्म फैलिएको थियो। उनी संयुक्त राज्य अमेरिका र इजरायल विरुद्ध इरानी प्रतिरोधको एक प्रमुख स्तम्भ थिए । इजरायलले गत सेप्टेम्बर २७ मा बेरुतको दक्षिणी उपनगरमा गरेको हवाई आक्रमणमा नसरल्लाहको हत्यापछी हिजबुल्लाहको आन्दोलनलाई नयाँ युगमा धकेलेको छ ।

गत महिना, इजरायलले हिजबुल्लाहको गढहरूमा आक्रमणहरू बढाएको थियो जसमा एकपछि अर्को समूहको शीर्ष नेतृत्वको मृत्यु भएको हो ।

सन् १९९२ देखि समूहको नेतृत्व गरिरहेका नसरल्लाहले दशकौँसम्म इजरायलविरुद्ध कारबाहीको नेतृत्व गरे । हेलरका अनुसार उनी सङ्गठनको अग्रणी निर्णयकर्ता थिए । समूहको शासक शूरा काउन्सिलले अहिलेसम्म उत्तराधिकारी नियुक्त गरेको छैन ।

नसरल्लाहको हत्याको केही दिनपछि उक्त पदका लागि सम्भावित धर्मगुरु हाशेम सफीद्दिनको पनि इजरायली आक्रमणमा हत्या भएको थियो ।

हिजबुल्लाह हाल नेतृत्वबिहिन रहेको यसका उप प्रमुख नईम कासेमले बताएका छन् । त्यसैगरी, प्रधानमन्त्री नाजिब मिकातीसहित अन्य लेबनानी अधिकारीहरूले उक्त समूहसँग हप्तौँदेखी सम्पर्क नभएको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार