काठमाडौंमा रेस्टुरेन्टमा तास खेलिरहेका आठजना पक्राउ

काठमाडौंमा रेस्टुरेन्टमा तास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२७, मसानगल्लीस्थित रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं–२५, भेडासिंमा बस्दै आएका महोत्तरीको भँगहा नगरपालिका–७ का ४४ वर्षीय कुशेश्वर साहसहितका व्यक्तिहरू छन् । शनिबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ३८ हजार ६० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार