संघमा राजनीतिक खिचातानी नगर्न एनआरएनएलाई ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुबीच आपसमा एकता कायम राख्न आग्रह गरेका छन् ।

आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले संघमा राजनीतिक खिचातानी नगर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रुपमा काम गर्न आग्रह गरे । ‘म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो’, उनले भने ।

प्रधानमन्त्री ओलीले गैर आवासीय नेपालीलाई पहिचान र आवश्यक सुविधा दिन सरकारले कञ्जुस्याइँ नगर्ने पनि बताए ।

उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने पनि बताए । प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार