९ अंकले नेप्से घट्दा चार कम्पनीमा लाग्यो सकारात्मक सर्किट

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ ।

यसदिन नेप्से ९ अंकले घटेर २६१७.९५ विन्दुमा बन्द भएको छ । आइतबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

गत कारोबार दिन अर्थात् बिहीबार पाँच अर्ब ४१ करोडको कारोबार भएकोमा यसदिन चार अर्ब ७३ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६८ करोड रूपैयाँ कमी आएको हो ।

आज ३२० वटा धितोपत्रको एक करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर किनबेच भएको हो । आइतबार ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ वटाको घटेको छ । यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यस दिन चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, रिभर फल्स पावर, माइ खोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने समृद्धि फाइनान्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै, नेपाल एसबिआई बैंकको मूल्य सर्वाधिक ६.७९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४९४ रूपैयाँमा झरेको छ । प्राइम कमर्सियल बैंकको मूल्य ४.१७ प्रतिशतले घटेको छ । उक्त कम्पनीको मूल्य २७७ रूपैयाँ ९० पैसा कायम भएको छ । आइतबार आइसिएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको प्रतिकित्ता मूल्य ८०१ रूपैयाँमा १० पैसामा करोड ३२ लाख ६४ हजार को सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३.८३ प्रतिशत घटेको हो ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल एसबिआई बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ४९४ रूपैयाँमा २१ करोड ६२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ ।

यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.९५ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको परिसूचक सर्वाधिक १.३० प्रतिशतले घटेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार