मोहम्मद रिजवान बने पाकिस्तानको एकदिवसीय र टी-२० टोलीको नयाँ कप्तान

पाकिस्तान क्रिकेट बोर्डले विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई एकदिवसीय र टी-२० टोलीको नयाँ कप्तान नियुक्त गरेको छ। हालै बाबर आजमले एकदिवसीय र टी-२० टोलीको कप्तानीबाट राजीनामा दिएका थिए।

अस्ट्रेलियाविरुद्धको एकदिवसीय र टी-२० सिरिजअघि मोहम्मद रिजवानलाई नयाँ कप्तान नियुक्त गरिएको हो। केही समययता पाकिस्तानका लागि टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका सलमान अली आगालाई उपकप्तानमा चयन गरिएको छ।

बाबर आजम, शाहिन शाह अफ्रिदी र नसिम शाह सीमित ओभरको सिरिजका लागि पाकिस्तानी टोलीमा फर्किएका छन्। यी तीन खेलाडीलाई इंग्ल्यान्डविरुद्धको तीन टेस्टको शृङ्खलाको पहिलो खेलपछि टोलीबाट निकालिएको थियो।

पाकिस्तान क्रिकेट टोलीले टेस्ट सिरिजमा इंग्ल्यान्डई २–१ ले हराएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार