‘जेरी अन टप’ को शुभमुहूर्तसँगै छायांकन सुरु

अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को शुभमुहूर्त गरिएको छ । सोमबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो ।

शुभमुहूर्तको सेटमा अनमोलसहित फिल्मका कलाकार जसिता गुरुङ, आँचल शर्मा,विपना थापा, केदार घिमिरे ‘माग्ने बूढा’ निर्मल शर्मा लगायतको उपस्थिति थियो ।

काठमाडौंसहित लुक्ला र भारतको लद्दाखमा हुने फिल्मको छायांकन सेड्युल ५० दिनको रहेको निर्माणटिमले जनाएको छ । अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा बन्ने फिल्मको निर्माता सरोज न्यौपाने हुन् ।

सुयोग गुरुङको निर्देशनमा बन्ने यस फिल्ममा सुरक्षा पन्त, भुवन केसी लगायतको अभिनय रहनेछ । यस फिल्ममा भुवन अनमोलको बुवाको रुपमा देखिँदा विपना भने आमाको भूमिका निर्वाह गर्देछिन् ।

प्रेमकथामा बन्ने यो फिल्म भ्यालेन्टाइनको डेको अवसरमा फागुन २ गते रिलिज हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार