नेप्से सूचकसँगै कारोबार पनि बढ्यो, दुई कम्पनीमा सकारात्मक ‘सर्किट ब्रेक’

लगातारको तीन दिनको गिरावटपछि सेयर बजारमा सुधार आएको छ । अघिल्ला तीन कारोबार दिनमा लगातार घटेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार भने २७.४१ अंक अर्थात् १.०४ प्रतिशतले बढेर २६४५.३६ बिन्दुमा रोकिएको हो ।

यस दिन २१३ कम्पनीको सेयर मूल्य बढेको छ । २८ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँबराबरको सेयर एक करोड चार लाख १८ हजारपटकमा खरिद–बिक्री भएको छ । आइतबार चार अर्ब ७३ करोडको सेयर खरिद–बिक्री भएको थियो ।

जानकी फाइनान्स तथा दोल्ती पावरको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । रिभर फल्स, मेन्छियम हाइड्रो, मायाखोला हाइड्रो उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परे ।

बजार बढ्दा १३ वटै समूहगत परिसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै फाइनान्स समूह ३।४६ अंकले बढेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार