राष्ट्र बैंकको टक्सार महाशाखामा असर्फी किन्नेको भिड

धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आज सुनको असर्फी बिक्री खुला गरेको छ ।

राष्ट्र बैंकले काठमाडौंको बबरमहलस्थीत टक्सार महाशाखाबाट २.५ ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको हो । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ । राष्ट्र बैंकका अनुसार एक व्यक्तिले एउटामात्रै सुनको असर्फी पाउनेछ । असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भिड लागेको छ ।

राष्ट्र बैंकले चाँदीको सिक्का भने आइतबारदेखि नै बिक्री खुला गरेको थियो । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको टक्सार महाशाखाका उपनिर्देशक पिताम्वर पोखरेलले जानकारी दिए । राष्ट्र बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालिनयन, गजलक्ष्मी र गाइ मेडालियनको दर २२ सय रुपैया तोकेको छ भने गाइ मेडालियन २५ ग्रामको मूल्य ५५ सय रुपैया तोकिएको पोखरेलले बताए ।

बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक बर्ष सुन र चाँदीका सिक्का बिक्रि वितरण गर्दै आएको छ ।

सम्बन्धित समाचार