सेयरबजार परिसूचक नेप्से मंगलबार ४६.६९ अंकले बढेको छ । योसँगै नेप्से आज २६९२.०५ विन्दुमा पुगेको छ ।
आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ३३ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब १२ करोडको भयो । आज १ करोड ३३ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो ।
आज २२१ कम्पनीको सेयर मूल्य बढेको दिन १७ वटाको भने घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.६ प्रतिशत बढ्यो । बैंकिङ १.६०, विकास बैंक २.३२, फाइनान्स ०.३८, होटल तथा पर्यटन २.७७, हाइड्रोपावर २.०३, लगानी १.३६, जीवन बीमा १.८०, उत्पादन ०.९७, माइक्रोफाइनान्स १.५, अन्य १.५७ तथा व्यापार समूह ०.३५ प्रतिशत बढे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुकरी स्मल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत बढ्यो । समाज लघुवित्तको ९.१८, माउन्टेन इनर्जीको ७.३४, खानीखोला हाइड्रोको ६.७, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ६.५ प्रतिशत मूल्य बढ्यो ।