कुलमान हटाउने तयारीबाट सरकार ब्याक, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय

नेपला विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने तयारीबाट सरकार ब्याक भएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा उर्जामन्त्री दीपक खड्काले प्राधिकरणले उद्योगको लाईन काटेको विषयमा ब्रिफ गरेका थिए । सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त निर्णय लिने कुरा उर्जामन्त्रीको भएकोले त्यहीअनुसार गर्न निर्देशन दिएका थिए ।

मन्त्रिपरिषद् बैठकले सरकारले विद्युत्‌ महसुल बक्यौता समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दए । यसअघि सरकारले कुलमानलाई हटाउनेगरि गृहकार्य गरेको समाचार बाहिरिएका थिए । तर, प्रधानमन्त्री ओली उक्त तयारीबाट एकाएक ब्याक भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार