सुर्खेतमा बेलुका १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

सुर्खेतमा बेलुका १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले बुधबार सूचना जारी गर्दै राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने बताएको हो।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिहारको अवसरमा देउसीभैलो, नाचगान, साँस्कृतिक कार्यक्रम जस्ता मनोरञ्जनात्मक कार्यहरू बेलुका १० बजेसम्म मात्रै गराउन पाइने जनाएको छ।

प्रशासकीय अधिकृत गीता बरै मगरद्वारा जारी सूचनामा बिस्फोटकजन्य पटकाहरू, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थहरू नपड्काउन र ओसार पसार तथा विक्री वितरण नगर्न र नगराउन अनुरोध गरिएको छ।

यस्तै, प्रशासनले जुवातास लगायतका जुवाजन्य खेल नखेल्न नखेलाउन पनि सुर्खेतवासीमा अनुरोध गरेको छ। यदी प्रशासनको सूचना विपरित कार्य गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार