सहकारी प्रकरणमा धनराज गुरुङमाथि पनि छानबिन हुन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारीको रकम अपचलनमा आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् ।

बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताएका हुन् ।

‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’

उनले अहिले सहकारी ठगीमा प्रकरणमा भइरहेको अदालती प्रक्रियामा सबैलाई सहयोग गर्नसमेत आग्रह गरे । पछिल्लो समय बिभिन्न दलका नेताहरुले सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै धनराज गुरुङमाथि अनुसन्धान गर्न माग गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार