राप्ती राजमार्ग अन्तरगत तुलसीपुरबाट अमेलिया जाँदै गरेको भञ्ज्याङको भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ। लमही अस्पतालमा चिकित्सकले तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय कर्णबहादुर थापालाई मृत घोषणा गरेको अस्पताल प्रशासन प्रमुख हरि खनालले जानकारी दिए।
कारमा सवार तुलसीपुर–७ झुमरेका ३३ वर्षीय पूर्णबहादुर खत्री गम्भीर घाइते छन्। उनको लमही अस्पतालमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार मृतक थापा र घाइते पूर्णबहादुर नाताले साला भेना हुन्।
तुलसीपुरबाट अमेलिया जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार लमही नगरपालिका–९ स्थित भञ्ज्याङको घुम्तिबाट बुधबार बिहान ११स् ५५ बजेतिर कार खसेको थियो।
इलाका प्रहरी कार्यालय अमेलियाबाट प्रहरी निरीक्षक भवानीप्रसाद धमला नेतृत्वको टोली खटिएर घाइतेको उद्धार गरी लमही अस्पताल पठाएको थियो। दुर्घटना तीव्र गतिका कारण भएको हुनसक्ने प्रहरीको अनुमान छ।