सर्लाहीमा लक्ष्मीपूजाको लागि बत्ती जडान गर्दा करेन्ट लागेर युवकको मृत्यु

सर्लाहीमा लक्ष्मीपूजाको लागि बिजुली बत्ती जडान गर्दा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। धनकौल गाउँपालिका- २ का ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बिहीबार साँझ घरको छतमा तार जोड्नेक्रममा करेन्ट लागेर सिंह गम्भीर घाइते भएका थिए। उनलाई प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर लगिएको थियो।

अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका एसपी रविन्द्रबहादुर सिंहले जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार