जापानमा शुक्रबारदेखि लागू नयाँ नियमअनुसार साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिनासम्म जेल सजाय हुनसक्ने भएको छ।
जापानको संशोधित सडक कानुन उल्लंघन गर्नेलाई अधिकतम ६ महिनाको जेल सजाय वा १ लाख येन अर्थात् नेपाली ८७ हजार ८७३ रुपैयाँ जरिवाना हुनेछ।
स्थानीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारीका बेला मानिसहरूले सार्वजनिक यातायातको सट्टा साइकल बढी प्रयोग गर्न थालेका थिए। त्यसपछि जापानमा साइकल दुर्घटना बढेको छ।
जापानमा लागू भएको यो नयाँ नियमअनुसार मदिरा पिएर साइकल चलाए ३ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। यसबाहेक ५ लाख येन अर्थात् नेपाली ४ लाख ३९ हजार ३६५ रुपैयाँसम्म जरिवाना हुनेछ।
स्थानीय सञ्चारमाध्यमका अनुसार जापानमा २०२३ मा ७२ हजारभन्दा बढी साइकल दुर्घटना भएका छन्। जुन जापानमा सबै ट्राफिक दुर्घटनाभन्दा २० प्रतिशतभन्दा बढी हो।