रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको अनुसन्धानका लागि प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग गरेको थियो । तर अदालतले १० दिनको मात्रै दिएको हो । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार