अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पको अग्रता

अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा प्रक्षेपण भइरहँदा डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेजमा अग्रता कायम गरेका छन् । यतिबेलासम्म राष्ट्रपति बन्न आवश्यक २७० इलेक्टोरल कलेज मतमध्ये ट्रम्पले २१० मत हात पार्ने देखिएको न्युयोर्क टाइम्सले जनाएको छ ।

ट्रम्पले फ्लोरिडा, टेक्ससलगायत रिपब्लिकन पार्टीको गढमा चुनाव जितेका छन् । हालसम्म कमला ह्यारिसले भने ११३ इलेक्टोरल मत जितेकी छन् । तर, चुनावको नतिजा केही ब्याटलग्राउन्ड राज्यहरूमा निर्भर छ। त्यस्ता राज्यमध्ये पेन्सिलभेनिया, मिसिगन र विस्कन्सिनमा ट्रम्पले अग्रता कायम गरेका छन्। जबकि ह्यारिसले चुनाव जित्न यी तीनवटै राज्य जित्नुपर्छ।

त्यसैले कतिपयले ट्रम्प राष्ट्रपति बन्ने विश्लेषण गर्न थालेका छन् । इलेक्टोरल कलेजमा मात्र होइन, संसदका दुवै सदनमा रिपब्लिकन पार्टी अगाडि देखिएको छ । माथिल्लो सदन सिनेटमा रिपब्लिकनले ४८ सिट हात पार्ने देखिँदा डेमोक्र्याट पार्टीले ३७ सिट जित्ने देखिएको छ ।

त्यस्तै प्रतिनिधि सभामा रिपब्लिकनको पक्षमा १४२ सिट देखिँदा डेमोक्र्याट पार्टीको पक्षमा ९४ सिट देखिएको छ ।

सम्बन्धित समाचार