किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने २४ वर्षीय सन्दिप कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

थारूले ती किशोरीलाई कात्तिक १९ गते राति सोही ठाउँस्थित खेतमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार