यू-१९ महिला विश्वकप एसिया छनोट: नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले दोस्रो खेलमा कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन जोड्यो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन जोडिन् । ३८ बलमा ४ चौका हिर्काएकी उनी रनआउटको रुपमा आउट भएकी थिइन् । त्यस्तै ओपनर साना प्रविनले २५ रन थपिन् । १८ बलको सामना गरेकी उनले ५ चौका हिर्काइन् । ज्योत्सिका मरासिनीले २३ रन थपपेको खेलमा अलिसाकुमारी यादवले १५ रन बनाइन् भने सावित्रा धामी र सोनी पाख्रिनले समान ६ रन जोडे ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।

कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ नरको फराकिलो अन्तरले पराजित भएको थियो ।

सम्बन्धित समाचार