ऊर्जा राज्यमन्त्री तामाङको कन्सट्रक्सनसहित १३ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको निर्माण कम्पनी कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङ सञ्चालक रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिलाई कालोसूचीमा राखिएको सूचना आज प्रकाशित गरेको छ ।

उक्त कम्पनीलाई सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, तुम्लिङटारको सिफारिसमा खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने कम्पनीमा राज्यमन्त्री तामाङको कान्छाराम कन्सट्रक्सनसहित १७ कम्पनी रहेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छारामसहित चार कम्पनीलाई साढे दुई वर्ष कालोसूचीमा राखेको छ । आवश्यक प्रक्रिया पूरा गरेर ती निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएअनुसार कालोसूचीमा राखिएका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् । ऊर्जा राज्यमन्त्री तामाङ नेपाली कांग्रेसका नेतासमेत हुन् ।

सम्बन्धित समाचार